Breaking news

#ट्याग:

लाजिम्पाटकाे नाम कसरी रह्याे हाेला ?

२०७९ चैत ३ शुक्रबार

काठमाण्डाैका व्यस्त क्षेत्र मध्येको एक लाजिम्पाट हाे । लाजिम्पाट पुराना राणाजीहरुकाे घरदेखि चलेका हाेटलमात्र नभै काठमाडाैँकाे पूरानाे सहरी इलाका पनि हाे । लाजिम्पाट राजा विरेन्द्र र ज्ञानेन्द्रकाे ससुराली गाउँ पनि हाे । याे ठाउँकाे नाम कसरी लाजिम्पाट भएकाे हेाला भन्ने कुरा धेरैले ध्यान दिएकाे पाइँदैन । लाजिम्पाटकाे नाम कसरी रह्याे भन्ने बारे तीनवटा कथन देखा परेका छन् । यद्यपि यी तीनवटै कथन खासै चित्तबुझ्दाे भने लाग्दैनन् ।  

 

संस्कृतिविद् तथा मानवशास्त्री सत्यमोहन जोशीको तर्क छ, लाजिम्पाट संस्कृत शब्दकाे अप्रभंश हाे । संस्कृत शब्द ‘राजपत्तन’ (राजधानी) अपभ्रंश भएर लाजिम्पाट भएको हो । लाजिम्पाट एरियासँग पूरानाे राजदरबार पनि नजिक पर्ने भएकाले याे कुरा हाे जस्ताे लागे पनि संस्कृतबाट काठमाडाैँमा खासै नामहरू बनेकाे नदेखिएकाले याे तर्कलाइ काट्नेहरु पनि छन् । 

 

लाजिम्पाट नाम कसरी रह्याे भन्ने बारे  डा. प्रेम सिंह बस्न्यातको आफ्नै तर्क छ । बस्न्यातका अनुसार लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो। ‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो। किराँतकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो । किराँतकालीन भाषा हाे वा हाेइन भन्ने सकिने अबस्था नभए पनि यदि किराँती भाषामा लाजिम र पट भनेकाे राजा दरबार नै हाे भने मेल भने खान्छ । 

 

लाजिम्पाटका बारे एउटा अर्काे तर्क पनि सुन्न पाइन्छ ।  बेलायत सरकारको काठमाडौँमा आवासीय कार्यालय (ब्रिटिश रेसिडेन्ट) खुलेपछि बेलायती कुटनीतिज्ञ, प्रतिनिधिमण्डल तथा अतिथिहरूको नेपाल आगमन बाक्लन थाल्यो । ती पाहुनाहरूलाई बस्नको लागि यसै स्थानमा (हालको लैनचाैर आसपास) आवासका लागि प्रवन्ध गरिएको थियो । जसले गर्दा ब्रिटिशहरू यो ठाउँलाई Lodging Part भन्ने गर्दथे । नेपालीहरूले यहि शब्द (lodging part) सुन्दा सुन्दा नेपालीमा लजिमपाट भन्ने थालेपछि लाजिम्पाट हुन गयो । 

 

मानिसलाइ चित्त बुझे पनि नबुझे पनि अन्तिम तर्कचाहिँ कता कता मिलेझैँ लाग्छ । नेपालीहरू विदेशी वा विदेशी भाषासँग सम्बन्धित विषयसँग छिटै साक्षात्का हुने भएकाले संभवतः याे तर्क मेल खाने हुनसक्ने अनुमान गर्न गर्न सकिन्छ । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार