Breaking news

#ट्याग:

अप्ठेराे अबस्थामा बनेकाे ४ अर्धशतक, जसले असम्भवझैँ देखिएकाे खेललाई जीततर्फ डाेर्यायाे

२०७९ चैत २ बिहिबार

विशाल लक्ष्यलाइ पछ्याएकाे नेपालले खेलकाे सुरूवातमा २ विकेट गुमाएपछि युएइबिरूद्ध नेपालले जीत हासिल गर्ने सपना सबैले मारेका थिए । विशाल लक्ष्यलाइ पछ्याएने क्रमममा मध्यक्रमका खेलाडीले गरेकाे शानदार फाइटले नेपालले अप्रत्याशित जीत हासिल गरेकाे छ । जीतका लागि भाग्य पनि नेपालकाे बलियाे देखिएकाे छ । डिएलएस मेथडबाट नेपाल ९ रनले विजयी भएसँगै विश्वकप छनाैटका लागि नेपाल जिम्वावे जाने निश्चित भएकाे छ । 

 

एकसमय असम्भवझैँ बनिसकाे खेललाइ नेपालका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाले  अर्धशतक प्रहार गरेर आशा भरिरहे । आशिफ सेख, कुशल मल्ल, राेहित पाैडेललाई सस्ताेमै गुमाएपछि नेपालका ब्याटिङ अर्डरलाई मध्यक्रमका भीम, आरिफ र गुल्सनले सम्हालेका थिए । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार