Breaking news

#ट्याग:

शरीरमा युद्धकालका छर्रा र भाेकाे पेटसँग लड्दै पूर्व माओवादी लडाकु चन्द्र वि.क.

२०७९ चैत २ बिहिबार

माओवादी युद्धकाल नमिठा अवशेषहरू गाउँसहरमा छरप्रस्ट देखिन्छन् । सहरमा कमाउने माओवादीका चर्तिकला हेर्न पाइन्छ भने गाउँमा दुखी माओवादीका व्यथा देख्न पाइन्छ । पूर्व लडाकुहरू नेपालका गाउँदेखि खाडीका ताताेसम्ममा दुःख बेसाइरहेका देखिन्छन् । 

 

देशमा लामै समयदेखि माओवादीले राज गरिरहेकाे छ ।तर  पश्चिम रूकुम आठबीस नगरपालिका १६ का चन्द्र विक जीवन मरणकाे दाेसाँधमा छन् । तर पुर्ब लडाकु विककाे शरीरमा बन्दुककाे छर्रा गडेर बसेकाे छ जसले उनलाइ दिनदिनै गाल्दै छ । विरामी चन्द्रसँग उपचार गर्न जाने खर्च छैन । उनलाइ सहयाेग गर्ने काेही छैन । उनी खान नपाउने अबस्थामा पुगेका छन् । दुइछाक खान पाए पनि शरीरभित्रकाे छर्रासँग लड्न सकिन्थ्याे भन्ने अबस्थामा रहेका विकले उपचारका लागि सरकार तथा आफूले लडेकाे पार्टीसँग अपेक्षा  गरेर बसेकाे वर्षाैँ भयाे । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार