Breaking news

#ट्याग:

पाशुपत क्षेत्रमा ११ दिने वत्सलेश्वरी-बज्रेश्वरी (दुदुच्याँच्याँ) जात्रा सुरू

२०७९ चैत १ बुधबार

पशुपतिनाथ मन्दिर क्षेत्रबाट मंगलबारदेखि वत्सलेश्वरी-बज्रेश्वरी (दुदुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ ।  मंगलबार साँझ ५ बजेबाट सुरू भएकाे जात्रा पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने छ । चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ ।

 

यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने गरिन्छ ।

 

बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ । कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ ।

 

 

 



सम्बन्धित समाचार

लोकप्रिय समाचार