

काठमाडौं । अहिले दुई पांग्रे सवारीमा लाइसेन्स नचाहिने सवारी हो साइकल । न त नम्बर, न त हेल्मेट यसै बोक्यो कुद्यो । न त प्रदूषणको जोखिम, न त गल्ती गर्दा जरिवानाको जोखिम । तर कुनै समय यस्तो पनि थियो, जहाँ साइकल र रेडियो बोक्न पनि लाइसेन्स लिनुपर्ने बाध्यता थियो । त्यतिबेला लाइसेन्स दिँदा सवारी धनीको नाम, सवारीको प्रकार र त्यसको नम्बर पनि उल्लेख गर्ने गरिन्थ्यो ।
श्री ३ जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि बि। सं। २००४ पछि मात्रै श्री ३ पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए । पञ्चायतकालमा घरमा रेडियो राख्न लाइसेन्सको व्यवस्था गरिएको पनि देख्न सकिन्छ । रेडियो राख्दा लाइसेन्स लिएर नियमित कर तिर्नुपर्ने त्यसबेलाको कानूनी व्यवस्था अहिले भने हटिसकेको छ ।
त्यस्तै, पञ्चायती व्यवस्था सुरु भएको सुरुवाती समयताका साइकल चलाउन पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको थियो । तात्कालीन विराटनगर नगर पञ्चायत ८ बाट जारी गरिएको साइकलको लाइसेन्स वि।सं २०२३ साल मंसिर १७ गते जिल्ला पञ्चायत कार्यालय( मोरङले जारी गरेको हो । नेपालमा त्यो समय साइकल चढ्नका लागि अहिले मोटरसाइकल चढ्न जस्तै लाइसेन्स चाहिन्थ्यो । त्यो बेला सुरुमा लाइसेन्स लिदा ५ रुपैयाँ र प्रत्येक बर्ष नवीकरण शुल्क ३ रुपैया लाग्थ्यो । जमाना अनुसार कर भने निकै महङ्गो भएको तात्कालीन पञ्चायतकालमा समयमै कर नतिर्ने र लाइसेन्स बिना साइकल चलाउनेलाई प्रत्येक पटक २५ रुपैया सम्म जरिवाना गारिन्थ्यो ।