

राजा त्रिभुवनकाे स्वर्गाराेहण फागुन ३० गते भएकाे थियाे । आजको ठिक ६८ वर्ष अगाडि राजा त्रिभुवनको स्विटजरल्याण्डको ज्यूरिचमा उपचारको क्रममा केवल ४८ वर्षको उमेरमा देहावसान भएको थियो । उनको अन्तिम अवस्थाको यो वर्णन उनकी अघोषित प्रेमिका इरिका लुट्यागको जीवनीमा आधारित पुस्तक "इरिका एण्ड दि किङ्ग"बाट ।
(यहाँ वर्णित म भन्ने शब्दले स्वयं इरिकालाई जनाउनेछ ।)
२०११ को असोजमा राजाबाट मलाई नेपालमा फर्केर आउन अनुरोध गर्नु भएको थियो । म अलि हत्तारिदै तैयारी गर्न थालेको थिए । मेरो सामानको तौल ४५ केजी भन्दा बढी भइसकेको थियो । मलाई महत्वपूर्ण लागेका सबै सामान मैले राख्दै थिएँ । राजा र मलाई एकदम मनपर्ने "किङ एण्ड आइ" को रेकर्ड, रानी र सरलाको लागी ऊनीको सल, ऊनीको चेक सर्ट राजाको लागी, आइरिस लाइलनको कपडा, सुनको डिजाइन राखेको काङ्गियो, तातो पानीको बोटल सबै राखिसकेको थिए ।
साथै आफू नेपाल जान लागेको हुँदा सबैको लागी ५ शिलिङको रानी एलिजाबेथको राज्यभिषेकको सिक्का पनि सुनौला र सेतो रिवनले बाँधेर उपहारका रुपमा हुलाकबाट पठाइसकेको थिएँ । मैले पठाएको उपहार बेलायत र दिल्ली बिच कतै पुगेको थियो होला । अचानक यहि बेला राजाको पत्र आइपुग्यो । पत्रमा लेखिएको थियो ।
म शायद काठमाडौ हुँदिन होला । डाक्टरको सल्लाहले उपचारको लागी म काठमाडौ बाहिर जाँदैछु । कति समय रहने भन्ने मेरो स्वास्थ्य अवस्थामा नै निर्भर गर्नेछ ।
यो पत्रले मेरो यात्राको कार्यक्रम अचानक रद्ध भयो । उपहारहरु अस्विकार नगरिदिन मैले अनुरोध गरे । यो उपहारहरु खोलिएको मैले हेर्न नपाउने भएको भन्दै मैले लेखेको पत्रको जवाफमा राजाले लेखे, तिम्रो उपस्थिती बिना तिम्रो उपहार स्विकार गर्नुपर्दा धेरै दुख लाग्यो । पछिल्लो पटकको यात्रामा तिमीसंग भेट्न नपाएकोमा म एकदम दुखी छु । यसपटक आशा गर्छु यूरोपको कुनै ठाँउमा कसैगरि भेट हुनेछ । यसपटक म विमार हालतमा आँउदैछु यसैले पनि म कुनै अस्पतालको शैया वा क्लिनिकमा हुनेछु । र डाक्टरको अनुमतिमा नै मैले सबै गर्नुपर्नेछ ।
नभन्दै मंसिरमा उपचारको लागी यूरोपको लागी राजा निस्किए । निस्कने समय विदाइमा विमानस्थल आइपुगेको समुहलाई विदाइ गर्दै भने, "मलाई थाहा छैन तपाइहरुलाई फेरी हेर्न पाउनेछु या छैन ।"
पुसको अन्तसम्म पनि ज्यूरिचको क्लिनिकबाट मलाई केही जानकारी आएन । म त्यो दुखको क्षण केवल कल्पना गरिरहे, अबको बसन्तमा कुनै समुन्द्र किनारमा बिताउने छौ । जुन ठाँउ हामी दरवार भित्रको ह्याप्पी कटेजमा बसेर ग्लोवलाई घुमाउदै खोज्दै गर्थ्यौ ।
त्यो फागुनको अन्तिम दिन आइतवार साँझपख म घरको कैदखाना जस्तो कोठा देखी बाहिर जेलमुक्त झै भाडाको फ्लैटमा बसेर रेडियोमा गीत सुन्दै थिए । मेरो नजिकै आमा हुनुहुन्थ्यो र मेरो एउटी साथी पनि बसिरहेकी थिई । अचानक रेडियोबाट गीत बन्द भयो र बिचमै समाचार सुनाउन थाल्यो, तीनघण्टा अगाडी राजा त्रिभुवनको देहावसान भयो ।
म अचानक झस्किए उठेर कोठाको बिचमा पुगे । मेरी आमा र मेरी साथीले मलाई एकतमास हेरिरहिन । उनिहरुलाई थाहा थिएन म नेपालमा के गर्दथे भनेर । मैले अचानक लापरवाहसंग डिन मार्टिनको 'अण्डर द ब्रिजेज अफ पेरिस" गीत गुनगुनाउन थाले,
How would you like to be,
Down by the Seine with me
Oh what I'd give for a moment or two
Under the bridges of Paris with you
म त्यसपछिका कुनै पनि क्षण फेरी सम्झन चाहन्न । खुशीको एउटा भावना जागिरहेको समय अचानक आइपरेको यो दुखको क्षणको वारेमा सम्झन चाहन्न । ठूलो पिडा भित्र पनि एउटा डर लुकिरहेको थियो । तर त्यो पिडा सुनाउन कठिन थियो । मैले राजाको उपचार भइरहेको अस्पताल यूनिवर्सिटी मेडिकल क्लिनिकका प्रोफेसर लुफ्लरलाई लेखे, म राजपरिवारको नजिकको ब्यक्ति हुँ । राजाको अप्रत्यासित देहावसानले मलाई निकै चोट पुगेको छ । मैले जान्न खोजेको कुराहरु तपाइले बताइदिनुभएमा म धेरै नै खुशि हुनेछु ।
मैले सोध्न खोजेको कुरा बुझेर उनले मलाई लेखे । "राजा त्रिभुवन पहिलो पटक हाम्रो अस्पतालमा अघिल्लो वर्ष कार्तिकमा आउनु भएको थियो । नेपाल देखिको यात्रा लामो र गाह्रो थियो । त्यसमा पनि समुन्द्री यात्राले अझ कठिन बनाएको थियो । इटलीको नेपल्समा केही समय रोकिनु भयो । हामी कहाँ आइपुग्नु भए पछि हामीले सक्दो प्रयास गर्यौ र वहाँलाई वहाँको देश सकुशल पुग्न सक्ने बनायौ । नेपाल पुगेपछि जेठमा फेरी नराम्ररी विमार हुनुभयो । निको भएपछि फेरी वहाँले हाम्रै अस्पताललाई सम्झनु भयो ।"
"मंसिरमा फेरी उहाँ अस्पताल भर्ना हुनुभयो । केही सकुशल हुदै थियो । यसपटक हवाईजहाजमा फर्कने सल्लाह हुदै थियो । यसैविच अचानक माघको १८ गते दोश्रो पटक हृदयाघात भयो । मैले केही दिन हेरे त्यसपछि लण्डनबाट डाक्टर पार्किन्सन र भियनाबाट प्रोफेसर लाउडर आउनुभयो र वहाँहरु कै निगरानीमा उपचार भयो । वहाँहरुको उपचारबाट बिस्तारै निको हुदै थियो अचानक इन्फ्लुएन्जाले समात्यो । जसले गर्दा वहाँलाई निकै गाह्रो भयो ।"
निकै गाह्रोसंग उहाँलाई स्पेशल ट्रेनमा फागुनको २६ मा ज्यूरिच ल्यायौ । वहाँको उपचारमा राम्रै हुदै थियो । वहाँलाई बिशेक हुदै थियो । तर हुने कुरालाई तार्न सकिदैन मृत्युलाई कसैले छेक्न सकेन । अचानक फागुन ३० गते दिउसो ३ बजे स्वर्गारोहण हुनुभयो । तर अन्तिम समय शायद वहाँलाई मृत्युको आभास भएको थियो, त्यसैले वहाँले बारम्बार नर्सलाई सोध्नुभएको थियो, "के आज राती म मर्दैछु ।"