Breaking news

#ट्याग:

३५ वर्षअघि साँगाबाट हराएकाे मल्लकालीन 'शेष गणेश' मूर्ति न्यूयाेर्कमा भेटियाे

२०७९ फागुन २९ सोमबार

देवता बेच्ने देशकाे सूचिमा नेपाल उच्चस्थानमा छ । पुरातात्विक महत्वका देवताकाे मूर्ति ठूलाे मूल्यमा बेच्ने धन्दाकाे सुरूवातसँग नेपालका राजखलककाे ना जाेडिँदै आएकाे छ । राजखलककाे याे कर्ममा विस्तारै प्रजाखलक पनि जाेडिएसँगै देशभरका पूरातात्विक महत्वका मूर्तिहरू हराउन थालेका हुन् । १ महिनाअघिमात्र पनि महाेत्तरीमा प्रशिद्ध शिवजीकाे मूर्ति चाेरी भएकाे थियाे । नेपालबाट चाेरी भएका अधिकाँश मुर्ति युराेप अमेरिका पुगेका छन् । 

 

यद्यपि पछिल्ला दिनमा केही महत्वपूर्ण मूर्तिहरु नेपाल फर्काइएका पनि छन् । यसैबीच झण्डै ३५ वर्षअघि साँगाको नारायण मन्दिरबाट हराएको २ सय वर्ष पुरानो ‘शेष गणेश’ न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताकोमा फेला परेको छ । याे सूचना पाएसँगै साँगावासीले आफ्नै टोलबाट अरु ५ वटा सम्पदा चोरी भइसकेको जानकारी दिएका छन् ।हराएका वा चोरिएका सम्पदाको खोजबिन तथा घरफिर्तीमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा साँगाको नारायण मन्दिरबाट चोरिएको शेष–गणेश(सर्पले घेरिएको) मूर्ति न्यूयोर्ककी आर्ट–डिलर लेइको कोयलको संग्रहमा रहेको छ ।

 

‘हाम्रो टोलका मन्दिरहरुबाट हराएको एउटा गणेश मूर्तिबारेमात्रै सूचना आएको छ, यही टोलका मठ–मन्दिरबाट थुप्रै सम्पदा चोरिएका छन् । प्रहरी–प्रशासनमा जानकारी गराएका छौं,’बनेपा–१३, साँगाका वार्ड सदस्य राजाराम दुवाल भन्छन्, ‘कुनै निकायले खोजीनीति गरेको पनि थाहा छैन ।’

 

साँगावासी एवं पुरातत्व बिभागका अवकाशप्राप्त अधिकृत बालकृष्ण श्रेष्ठका अनुसार, नारायण मन्दिरमा रहेका दुबै शेष–गणेश (रिद्धी–सिद्धी) मूर्ति चोरी भइसकेका छन् भने मन्दिर परिसरमै रहेको भैरव र भगवतीको पुरातात्विक काष्ठकला पनि हराइसकेको छ । उनका अनुसार गणेशपाटीसँगैको संकष्टा नारायणका मन्दिरबाट पन्ध्रौं शताब्दीमा निर्मित ‘नृत्यरत गणेश’ पनि हराएका छन् ।

 

दुई गणेशमध्ये, ३५ वर्षअघि चोरिएको शेष–गणेश मूर्तिबारे अन्वेषक लैनसिंह वाङ्देलको ‘इन्भेन्ट्री अफ स्टोन स्क्लप्चर्स अफ द काठमाडौं भ्याली (१९९५)मा उल्लेखित छ । यो पुरातात्विक सम्पदासहित जोर गणेशबारे स्वीस सोधकर्ता उलरिच भोन स्क्रोडरले ‘नेप्लिज स्टोन स्क्लप्चर्स (भोल्युम–१, हिन्दू)’मा विस्तृत विवरण समेटेका छन् । दुबै मूर्ति चोरिएपछि २०५५ सालयता दुबै गणेशको प्रतिमूर्ति बनाएर पाठपूजामा प्रतिस्थापित छ ।

 

नृत्यरत गणेशबारे भने पुरातत्वविद् वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृति (पृष्ठ १७४)मा पनि विवरण समेटिएको छ । ‘हाम्रो पुस्तौंपुस्तादेखि नृत्यरत (दुरु) गणेशको पूजा आरधना हुँदै आएको हो,’ पुरातत्वका जानकार श्रेष्ठ भन्छन्, ‘२०३२ सालमा मेरो हजुरबा शिवलाल श्रेष्ठले यही नृत्यरत गणेशसामु खिचेको तस्वीर मसँगै सुरक्षित छ, त्यसपछि सम्भवत २०४३ सालतिर यो मूर्ति चोरिएको हो ।’ यहाँको मठमन्दिर र गणेशपाटी (सत्तल) छेउको ऐतिहासिकता सम्झाउने गरी प्रताप मल्लको शिलालेखसमेत राखिएको छ ।



लोकप्रिय समाचार