Breaking news

#ट्याग:

गुन्द्रुक, मकै, भटमास खाँदै शिवपुरी साहित्य समाजकाे वार्षिकाेत्सव सम्पन्न

२०७९ फागुन २८ आइतबार

काठमाडाैँबाट प्रकाशित हुने प्रख्यात साहित्यिक मासिक पत्रिका शिवपुरी सन्देशकाे ९९ अंक प्रकाशित भएकाे छ । शिवपुरी सन्देश पत्रिकाकाे प्रकाशक शिवपुरी साहित्य समाजकाे वार्षिकाेत्सव पारेर शिवपुरी सन्देशकाे ९९ अंक लाेकर्पण गरिएकाे हाे । टाेखा झाेरस्थित एक रिसाेर्ट भएकाे विशेष कार्यक्रममा वार्षिकाेत्सव तथा पत्रिकाकाे नयाँ अंक लाेकार्पण भएकाे हाे । 

 

शिवपुरी साहित्य समाजले हरेक  वार्षिकाेत्सवमा  गुन्द्रुक, मकै, भटमासका साथ मनाउने क्रममा झाेरकाे सेल्फी पाेइन्ट  रिसाेर्टमा साहित्यका विशिष्ट व्यक्तिहरूले ९९ औँ अंककाे लाेकर्पण भएकाे शिवपुरी सन्देश पत्रिकाका प्रकाशक सम्पादक वियाेगी बुढाथाेकीले बताए । 

 

वार्षिकाेत्सव तथा लाेकार्पण कार्यक्रमलाइ विष्णुबहादुर सिंहको सभापतित्व तथा नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यता प्रदान गरेकाे थिए भने डा. गोविन्दमान सिंह कार्कीले बिभिन्न कविहरूद्वारा वाचित कविताको मूल्यांकन गरेका थिए । 

 

कार्यक्रममा विष्णुपु्ष्पा साहित्यिक पत्रकारिताबाट सूर्यप्रसाद लाकाेजू, शिवपुरी गजल सम्मानबाट गजलकार मनाेज न्याैपाने, गाैरी कार्की मुक्तकबाट मुक्तककार हरिकृष्ण काफ्ले, नरबहादुर भारती सम्मानबाट पवन आलाेक र मानशाेभा प्रतिभा सम्मान तथा पुरस्कारबाट अर्घाखाँचीका खुमराज घिमिरेलाइ प्रमुख अतिथि नगेन्द्रराज शर्माले पुरस्कृत तथा सम्मान समर्पण गरिएकाे थियाे  ।

 

 



लोकप्रिय समाचार