Breaking news

#ट्याग:

नेपालका सहकारीको शैलीमा डुब्यो अमेरिकाको सिलिकन बैंक, पाँच घण्टा पनि टिक्न सकेन  

२०७९ फागुन २८ आइतबार

काठमाडौं । नेपालमा सहकारी डुबेको समाचार पछिल्लो समय धेरै आउने गरेको छ । धेरैलाई यसको बारेमा जानकारी पनि नहोला कि सहकारीहरु कसरी डुबिरहेको हुन्छ ? पहिले पछिल्लो समय सहकारी डुब्नुको कारणबारे लेखौं । वित्तीय संस्थामा दुईकिसिमको निक्षेप हुन्छ । एउटा साधारण बचत हुन्छ भने एउटा फिक्स डिपोजिट हुन्छ । फिक्स डिपोजिट तोकिएको समयसम्म निकाल्न मिल्दैन भने साधारण बचत जतिसुकै बेला पनि निकाल्न मिल्छ । 

 

सहकारीमा साधारण बचतकर्ताको लागि फिर्ता गर्न भनेर कुल निक्षेपको करिब ५ देखि १० प्रतिशतसम्मको रकम राखेर बाँकी सबै प्रतिफल आउने ठाउँमा लगानी गरेका हुन्छन् । फिक्स डिपोजिट निश्चित समयसम्मको लागि हुने भएकोले तोकिएको समयमा फिर्ता दिने गरेर नै तयारी गरिएको हुन्छ । तर जब सहकारी डुब्ने हल्ला हुन्छ, तब सबै साधारण बचतकर्ता र फिक्स डिपोजिटकर्ताहरुले आफ्नो पैसा फिर्ता माग्न जान्छन् । सहकारीले निश्चित समयको लागि भनेर गरेको लगानी कर्ताले तत्काल सहकारीलाई सो पैसा फिर्ता दिन सक्दैनन् । लगानी नउठेपछि उही दिन सहकारीले पनि बचतकर्ताको पैसा फिर्ता दिन सक्ने कुरा भएन । त्यसपछि त्यो सहकारी संकटमा जान्छ । कुनैपनि वित्तीय संस्थामा निक्षेपकर्ताको निक्षेप मागेको बेला फिर्ता दिन नसक्नु भनेको वित्तीय संस्थाको संकट हो  ।

 

नेपालको सहकारीकै हालत अमेरिकाको सिलिकन बैंकमा पनि घटेको छ । १९८३ मा स्थापना भएको यो ब्यांकले अमेरिकाको झण्डै आधाजसो उद्यम समर्थित प्रविधि कम्पनी र स्वास्थ्य सेवा कम्पनीहरुमा लगानी उपलब्ध गराएको छ। बढ्दो ब्याजदर र घट्दो भेन्चर क्यापिटलका कारण ती कम्पनी समस्यामा छन्। यो ब्यांक अमेरिकाको शीर्ष २० वाणिज्य ब्यांकमा पर्छ। जसको गतवर्षको अन्त्यसम्मको समग्र सम्पत्ति २०९ अर्ब डलर थियो । गत बुधबारदेखि शुक्रबारसम्मको समयमा नै यो बैंक संकटमा पुग्यो कारण थियो बैंंकको सेक्युरिटी बेच्ने एउटा निर्णय । 

 

यो ब्यांकको संकट बुधबार सुरु भयो। जब सो ब्यांकले आफ्ना केही सेक्युरिटी घाटामा बेचेको घोषणा गर्यो। खाता सन्तुलनमा ल्याउन थप २।२५ अर्ब डलरको सेयर बेच्ने पनि सो ब्यांकले जनायो। क्यालिफोर्नियाका नियामकहरुले शुक्रबार यो ब्यांक बन्द गराए। एफडीआईसीले ब्यांकका सारा सम्पत्तिलाई तरलीकृत गरेर ग्राहक, डिपोजिटकर्ता र ऋणदाताको पैसा तिर्नेछ। एफडीआईसीले ब्यांक शुक्रबार बिहानै बन्द गरायो। जबकि प्रायः उसले बजार बन्द हुन्जेल पर्खिने गर्छ । यसरी नेपालको सहकारीको शैलीमा अमेरिकाको एउटा इतिहास बोकेको बैंक संकटमा पुगेको छ । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार