

कोभिड महामारीको समयमा देशभित्रै सीमा कोरेर बन्देज लगाइएको विषयलाई उठाएर बनेकाे वलिउड फिल्म भीडकाे यतिखेर चर्चा चलिरहेकाे छ । मार्च २४ मा रिलिज हुने फिल्ममा काेभिड समयका कतिपय यथार्थलाइ उजागर गर्ने अनुमान पनि गरिएकाे छ । जीवन र जगतसँग सम्बन्धित फिल्म बनाउन माहिर मानिने अनुभव सिन्हाकाे निर्देशनमा बनेकाे याे फिल्ममा राजकुमार रावले मुख्य भूमिका निर्वाह गरेका छन् ।
महामारी रोक्न लगाइएको लकडाउनका कारण निम्न तथा निम्नमध्यमवर्गीय परिवारले काम गर्न नपाएको अनि घर जान पनि नपाएको पीडा फिल्मले देखाएको छ । सडकमा भौंतारिएका मानिसलाई अमानवीय व्यवहार गरिएको कटु यथार्थ पनि फिल्मले प्रस्तुत गर्नेछ ।