

काठमाडौं । चलचित्र छड्के फ्लप भएपछि अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । आफूले खेलेको फिल्मको कमजोर प्रदर्शन र आफ्नो प्रस्तुति पनि खराब भएकोप्रति उनले दर्शकसँग माफी मागेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूले ९ वटा चलचित्र खेलेको भए पनि आफूले सिक्न पर्ने धेरै रहेको भन्दै अबको १० औं फिल्म आफ्नो पहिलो फिल्मबाट नयाँ अध्यायको सुरुवात हुने बताएका हुन् ।
उनले आफू अहिलेसम्म शून्यमा रहेको भन्दै अबको फिल्ममा नयाँ अध्यायको पहिलो फिल्मको रुपमा आफूले चित्रण गर्ने बताएका हुन् ।
उनले लेखेको स्टाटस यस्तो छ :