Breaking news

#ट्याग:

राजेश पायल राईले नाबालक छोरामाथि तातोपानी खन्याएको श्रीमतीको आरोप

२०७९ फागुन २५ बिहिबार

काठमाडौं । विवाह दर्ता भएको तीनमहिनामा नै गायक राजेश पायल राईको सम्बन्धमा दरार आएको छ । उनकी श्रीमती साङ्गवुङ राईले राजेशमाथि गम्भीर आरोप लगाएकी छन् । उनको नाममा रहेको फेसबुक एकाउन्टबाट बोली पनि नफुटेको दूधे बालकमाथि तातोपानी खन्याएको गम्भीर आरोप लगाएकी छन् । 


मङ्गलवार दिउँसो एकाएक राईकी श्रीमती साङ्गवुङ राईले फेसबुकमा  ‘आज मेरो दुधे बालक (जसको बोली पनि फुटेको छैन) लाई तातो पानी खन्यायो । भोलि गएर हामी आमा छोरालाई तातो पानी खन्याउन पनि बेर लगाउँदैन। मेरो सानु छिटो निको हुनु, पापी बाउ !’ भनेर लेखेकी छन्। तर त्यसको केही समयमा नै उनले सो फेसबुक नै डिएक्टिभ गरेकी छन् । 

Image
उनले कसैको नाम नलेखे पनि पापी भनिएका बाबु राजेश नै थिए। उनी र राजेशको कानुनी सम्बन्धबारे प्रश्न उठेपछि उनले विवाह दर्ताको प्रमाण पत्र नै सार्वजनिक गरिन्। राजेश र उनकी श्रीमती साङ्गवुङ राईले २०७८ साल भदौ १ गते सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । उनीहरूले विवाह गरेको झन्डै १६ महिनापछि विवाह दर्ता गरेको देखिन्छ ।

 

४७ वर्षका राजेश राईले आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह गरेका हुन् । निकटस्थ स्रोतका अनुसार विवाह गर्नुभन्दा करिब दुई वर्षअगाडिदेखि उनीहरू ‘लिभिङ्ग टुगेदर’मा रहेका थिए । विवाह गरेको केही हप्तापछि उनीहरूको पहिलो सन्तानको जन्म भएको हो । २०७९ मङ्सिर २६ गते काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा गरिएको विवाह दर्ता प्रमाणपत्र श्रीमतीले हिजो मात्रै सार्वजनिक गरेकी हुन् । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार