Breaking news

#ट्याग:

बेलायती राजपरिवारमा कलह: जब १७ औं शताब्दीमा बनेको छोराबुहारीको घर महाराज चार्ल्सले खाली गर्न लगाए 

२०७९ फागुन २२ सोमबार

काठमाडौं । बेलायतका नयाँ राजा चाल्र्सको राज्याभिषेकको समयमा बेलायती राजपरिवारमा कलह सुरु भएको छ । चाल्र्सको राज्याभिषेकअघि बेलायत छाडेर अमेरिका गएका छोरा ह्यारी र छोरी मेघनलाई राज्याभिषेकमा बोलाएपछि परिवारको कलह पनि बाहिर आएको हो । 

 

द गार्जियनमा प्रकाशित समाचार अनुसार अमेरिका बसिरहेका उनीहरुको राजपरिवारसँग सम्बन्ध तिक्ततापूर्ण भएपछि केही दिनअघि पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेका उनीहरुको घर खाली गर्न भनिएको थियो । 

 

ह्यारीले आफ्नो आत्मकथा स्पेयर सार्वजनिक गरेपछि राजपरिवारसँग ह्यारी र मेघनको सम्बन्ध थप तिक्ततापूर्ण भएको हो । ह्यारी र मेघनको १७ औं शताब्दीमा बनेको बताइन्छ । तर सो घर खाली गर्ने निर्देशनमा चल्र्सले समेत स्वीकृति दिएको बताइएको छ । उनको घर अहिले अर्का राजकुमारलाई दिइएको छ । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार