Breaking news

#ट्याग:

"बीपी कोइरालाको रचना 'कुण्ठाको साहित्य'" :केपि ओली

२०७९ फागुन २२ सोमबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइरालाको रचना कुण्ठाको साहित्य भएको बताएका छन् । नेकपा एमालेले कम्युनिस्ट सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनको क्रममा पुष्पलालसँग बीपी कोइरालाको रचनाको तुलना हुन नसक्ने भन्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । पुष्पलालले असल शिष्य नपाएको कारण उनले लिएको विचार प्रसार हुन नसकेको बताए ।

 

'पुष्पलालले असल शिष्य पाउनु भएन । बीपी कोइरालाले असर शिष्य पाउनु भयो । बीपी र पुष्पलालको ग्रन्थ हेर्ने हो भने आकाश जमीनको फरक पाउनु हुन्छ,' ओलीले भने 'मैले भन्न राम्रो हुँदैन । एकातिर केही कुण्ठा साहित्य छ, अर्कोतर्फ परिवर्तनको मार्गचित्र छ । तुलना नै हुँदैन तर पुष्पलालका अनुयायीहरु भएनन्, बीपी कोइरालाको अनुयायीहरु रहे ।' ओलीकाअनुसार बीपीका अनुयायीले माइकको काम गरे, पुष्पलालको अनुयायीले माइकको तार काट्ने काम गरे ।

 

'म यहाँ सानो आवाजमा बोलेको छु तर माइकले ठूलो सुनाइरहेको छ । पुष्पलालको अनुयायीले माइकको लाइनसाइन काटेर बसे । जसले गर्दा त्यो कुराहरु जान सकेन,' उनले भने 'केही जनेरेसन एकढंगले ग्याप भयो, पुष्पलालपछि मदन भण्डारी र हाम्रो जेनेरेसन आएपछि आएपछि पुष्पलालको महत्वलाई उजागर गर्ने काम भयो, चर्चा गर्ने, पुष्पलालको सही अर्थमा वास्तविक विचार उजागर गर्ने काम भयो ।' उनले विचार विस्तारका लागि असर शिष्य र अनुयायीहरुको असाधारण महत्व हुने बताए । उनले बुद्धको विचारको प्रचारमा भिक्षु आनन्द खेलेको भूमिका बारेमा सविस्तार चर्चा गरेका थिए ।



लोकप्रिय समाचार