Breaking news

#ट्याग:

क्रिकेटर पारस खड्कासहित ६ जना विशिष्ट व्यक्तिलाई सम्मान 

२०७९ फागुन १५ सोमबार

काठमाडौं । मनास्लु कलेजले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लगायत ६ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो । 

No description available.
यसरी सम्मान प्राप्त गर्नेमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टीकाराम यात्री, क्रिकेटर पारस खड्का, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई सम्मान गरेको हो । साथै, मनास्लु वर्ल्ड कजेजका एकेडेमिक हेड शशी केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरिएको कलेजले जनाएको छ ।

No description available.

उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

No description available.



सम्बन्धित समाचार

लोकप्रिय समाचार