Breaking news

#ट्याग:

मनास्लु वर्ड स्कुल र कलेज भयो आईएसओ सर्टिफाइड

२०७९ फागुन १५ सोमबार

काठमाडौं । चावहिलको चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड स्कुलले आईएसओ सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना विशेष समारोहकाबीच प्रमाणपत्र हस्तान्तरण गरिएको हो । 

No description available.

स्कुल तथा क्याम्पसले स्थापनाको २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोमबार क्याम्पसले ‘विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको थियो । सोही कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लुलाई क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट आइएसओ सर्टिफाइड २००९स्२०१५ प्रमाणित भएको बताए । 

No description available.

२५ वर्ष अगाडि स्थापना भएको स्कुलसँगै सन् २०२० बाट कलेज सञ्चालन भएको हो । प्लस टु तहमा करिब १३ सय विद्यार्थी र स्नातक तहमा ५ सय भन्दा बढी विद्यार्थी कलेजमा अध्ययनरत रहेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।
No description available.



सम्बन्धित समाचार

लोकप्रिय समाचार