Breaking news

#ट्याग:

इसाईकरणको डरलाग्दो रुप : शिवरात्रिकै मुखमा क्रुस बोकेर सिद्धबाबा मन्दिरमा धर्मप्रचार 

२०७९ फागुन ४ बिहिबार

काठमाडौं । मुलुक धर्मनिरपेक्ष राष्ट्र बनेपछि इसाईकरणको जालो यति तीब्र गतिमा अघि बढेको छ कि गाउँ बस्तीमा धर्मप्रचार गर्दै हिँडेका प्रचारकहरु मन्दिरमन्दिरमा पुगेर समेत धर्म प्रचार गर्न सुरु गरेका छन् । 

पछिल्लो समय सार्वजनिक भएको एउटा भिडियोमा पूर्वी नेपालमा पर्ने सिद्धबाबा मन्दिरमा क्रुस बोकेर एक धर्मप्रचारक पुगेका थिए । उनले मन्दिर परिसरमा नै पुगेर धर्मप्रचार सुरु गरेपछि मन्दिरका पुजारी एवं स्थानीयले सम्झाइबुझाइ गरेर त्यहाँबाट निकालेका थिए । 

 

हिन्दुहरुको विशेष पर्व शिवरात्रि सम्मुखमा आइपुगेको छ । शिवरात्रिको लागि देशविदेशबाट समेत साधुसन्तहरु आउने क्रम जारी छ । तर यही मौकामा धर्म प्रचारको घिनलाग्दो अभ्यास मन्दिरमा नै हुन थालेपछि हिन्दु धर्ममा आस्था राख्नेहरुमा भने चिन्ता बढ्दै गएको छ । 

 

पछिल्लो समय मुलुकमा इसाईकरण डरलाग्दो रुपमा बढ्दै गएको छ । तर यसलाई नियन्त्रण गर्न न त हिन्दुवादीहरु सक्रिय भएका छन् सरकारले नै यसमा चासो दिने गरेको छ । जसले गर्दा जबरजस्ती धर्मप्रचार गर्नेहरु खुलमखुल्ला मन्दिरमा पुगेर धर्मप्रचार गर्न थालेका छन् । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार