

काठमाडौैं । नेपाल चिकित्सक संघको आह्वानमा भएको डाक्टरहरुको आन्दोलन स्थगित भएको छ । आइतबार आपतकालीनबाहेक सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका डाक्टर र सरकारबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
आइतबार सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह एवं चिकित्सक संघका प्रतिनिधिबीच अध्यक्ष डा लोचन कार्की महासचिव डा बद्री रिजाल, डा प्रकाश बुढाथोकी, ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी बार्तासमितिमा भीभीआईपी प्रोटोकल परिमार्जन गरी अत्यावश्यक सेवालाई समस्या नगर्नेगरी कार्यविधि संशोधन गर्नेबारे छलफल भएको थियो ।
माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि आज काठमाडौंका ठूला सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको थियो।
यस्तो छ दुईपक्षबीच भएको ६ बुँदे सहमति