Breaking news

#ट्याग:

चिकित्सकहरुको आन्दोलन : यी सरकारी अस्पतालमा गएर गर्न सकिन्छ उपचार 

२०७९ माघ २९ आइतबार

काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा नेपाल चिकित्सक संघले आइतबार आपतकालीनबाहेक सबै सेवा ठप्प गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था विपरीत संघले चिकित्सकमाथि हातपातको विरुद्धमा विभिन्न माग राख्दै आन्दोलनको कार्यक्रम आयोजना गरेको हो ।

 

चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरुमा भने समस्या सिर्जना भएको छ । काठमाडौंको वीर अस्पतालअघि बिरामीका आफन्तहरुले उपचार गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरेका छन् । तर काठमाडौंका केही सरकारी तथा सामुदायिक अस्पतालमा भने सेवा सञ्चालन भइरहेको सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । 

 

बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आइतबार पनि उपचार चलिरहेको छ । चिकित्सक संघले आन्दोलन आह्वान गरे पनि गंगालाल भने बन्द नभएको सम्बन्धित अस्पतालले जनाएको छ । 

 

त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहसहित उपत्यकाका निजी अस्पतालहरुले इमर्जेन्सीको टिकटमार्फत् ओपडी सेवा सेवा दिइरहेका छन् । ओपीडीमा अत्यावश्यक उपचार गराउन आवश्यक रहेकाहरुले आपतकालीन सेवाको टिकट काटेर उपचार गर्ने सुविधा दिइएको सम्बन्धित अस्पतालले जनाएको छ । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार