Breaking news

#ट्याग:

४८ करोड लागतमा त्रिचन्द्र कलेजकाे पुनःनिर्माण तथा प्रबलिकरण शुरू,

२०७९ माघ २७ शुक्रबार

वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र कलेजको भवन प्रबलीकरण कार्य सुरु गरिएको छ ।  भूकम्पबाट चर्किएको सो कलेजको भवन पुनःनिर्माण नगरेको भन्दै विद्यार्थीले बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए । त्यस लगतै सरकारले ४८ करोड बजेट छुट्ट्याएर दुई ढाँचामा निर्माण गर्ने तयारी गरेको थियो ।

 

भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्वान्वयन एकाइ (भवन तथा आवास) का निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएको छ । अब यसलाई पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइनेछ ।  त्यस्तै, उत्तरपट्टिको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवनको भने प्रबलीकरण गरिनेछ । अधिकारीका अनुसार एक महिनाअघि सुरु भएको प्रबलीकरण तथा पुनःनिर्माण कार्य दुई वर्षभित्र सक्नुपर्नेछ । 

 

कलेजको प्रबलीकरण र पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार