Breaking news

#ट्याग:

ब्रुकलिन कलेजको दीक्षान्त समारोह : प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिन विज्ञको जोड

२०७९ माघ २१ शनिबार

काठमाडौं । ब्रुकलिन कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । शनिबार सुकेधारास्थित क्याम्पस परिसरमा गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा उपस्थित विज्ञहरुले अहिलेको शिक्षा नीतिले प्रविधिमैत्री शिक्षालाई धेरै प्राथमिकता नदिएको भन्दै क्याम्पसहरुले व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उपस्थित जनप्रतिनिधि एवं विज्ञहरुले नेपालको शैक्षिक विकासमा ब्रुकलिन कलेजले खेलेको भूमिकाको प्रशंसा पनि गरेका थिए । 

No description available.

कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले अहिलेको शिक्षा नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको नीतिले व्यावहारिक भन्दा पनि प्रमाणपत्र र डिग्री हासिल गर्नेतिर जोड दिने गरेको भन्दै नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए । 

 

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रुद्र पौडेल र प्रा. डा. धनप्रसाद पण्डितले नेपालको शिक्षा नीतिमा व्यावहारिक र प्राविधिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद राजेन्द्र प्रजापति, काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जन, लगायतको उपस्थिति थियो । 

No description available.

दीक्षान्त कार्यक्रममा बीबीएसका ९० जना, बीए र बीएसडब्लुका ७५ जना, प्लस टु तहका ३०० जनालाई बिदाई गरिएको थियो । त्यस्तै, कक्षा ११ मा २५० जना र स्नातक तहमा २०० जना नयाँ विद्यार्थी भर्ना भएको क्याम्पसका अध्यक्ष खिलानाथ सापकोटाले जानकारी दिए । 



लोकप्रिय समाचार