Breaking news

#ट्याग:

हेल्प साथी शिक्षक कार्यक्रममार्फत् सिन्धुपाल्चोकमा शैक्षिक स्वयंसेवाको अवसर, पैसा पनि पाइने 

२०७९ माघ २० शुक्रबार

काठमाडौं । नेपालको दूरदराज एवं पछि परेको क्षेत्रमा शैक्षिक विकासको लागि काम गर्दै आएको हेल्प एण्ड मोन्डो फाउन्डेसनले सिन्धुपाल्चोकका ३ स्थानीय तहमा शैक्षिक स्वयंसेवाको लागि आवेदन आह्वान गरेको छ । आगामी शैक्षिक सत्रमा सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहमा गएर स्वयंसेवकको रुपमा सेवा गर्न पाउने अवसरको लागि आवेदन खुला गरेको हो । 

 

हेल्प साथी शिक्षक कार्यक्रममार्फत सिन्धुपाल्चोकका १५ वटा आधारभूत विद्यालयमा अध्यापन गराउनको लागि यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । २ वर्षको लागि हेल्प साथी शिक्षक भई यो अवस्था बदल्ने अभियानमा जोडिन संस्थाले योग्य व्यक्तिसँग आवेदन माग गरेको छ। No description available.
अहिले संस्थासँग २६ साथी शिक्षक र १० अल्मुनीहरू आबद्ध रहेका छन् । उनीहरूले अँग्रेजी र गणित विषयको सैद्धान्तिक अध्यापन एवं आधुनिक सिप विकासको बारेमा पनि विद्यार्थीहरूलाई सिकाउँदै आएको संस्थाकी कार्यक्रम संयोजक रञ्जना गौतमले जानकारी दिइन् । 


यो स्वयंसेवामूलक कार्यक्रम भएपनि स्वयं सेवकहरुलाई भत्ताबापत केही रकम दिने योजना समेत रहेको संस्थाले जनाएको छ । विभिन्न अनुसन्धानले उत्तरी सिन्धुपाल्चोकको विकट क्षेत्रमा शिक्षाको अवस्था दयनीय रहेको बताएकोले यसको सुधारको लागि आफूहरुले यो कार्यक्रम आयोजना गरेको गौतमको भनाइ छ ।


कसले सक्छ आवेदन दिन ? 

भर्खरै स्नातक तह उत्तीर्ण भएका जोकोहीले पनि यसमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ । सिकाइ र नेतृत्वको लागि इच्छुक एवं शुद्ध आचरण भएको व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ । ग्रामीण भेगमा दुई वर्षसम्म बसेर अध्यापन गराउनुपर्ने भएकोले त्यसको लागि तयार व्यक्तिले आवेदन दिन सक्ने संस्थाले बताएको छ । आवेदन भर्नेले नेपाली र अँग्रेजी बोल्न र लेख्नमा दखल भएको व्यक्तिसँग आवेदन माग गरेको छ । 

No description available.
के फाइदा छ साथीसँग जोडिँदा ? 

पहिलो कुरा त दुई वर्षसम्म अध्यापनको लागि भनेर यस संस्थासँग जोडिनेहरुले सिकाउने नभएर सिक्ने अवसर पनि पाउने संस्थाको भनाइ छ । यो दुई वर्षमा समग्र नेपाली शिक्षा प्रणालीको बारेमा सो व्यक्तिले सबै जानकारी लिन सक्ने बताइएको छ । त्यस्तै, २१ दिनको आवासीय सुविधासहितको तालिम एवं समारोहमा सहभागी गराएर शैक्षिक विकासको तालिम दिइने छ । दुई वर्ष यो काममा जोडिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं त्यसका अधिकारीसहरुसँग सम्बन्ध विस्तारमा पनि यो कामले सहयोग गर्ने बताइएको छ । यी लगायतका विविध अवसर र सुविधाको लागि कार्यक्रममा जोडिन संस्थाले योग्य नेपाली नागरिकलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार