

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रकलाई विद्यार्थीले कालोमोसो दलेका छन् । स्नातक तह चौथो वर्षको परीक्षा तालिका सच्याउन माग गर्दै आन्दोलनरत विद्यार्थीले सहायक परीक्षा नियन्त्रक डा. घनश्याम ठाकुरलाई कालोमोसो दलेका हुन् ।
२१ महिनासम्म परीक्षाफल प्रकाशित गर्न नसक्ने त्रिविले निजी क्याम्पस सञ्चालकको डिजाइन्मा क्यालेण्डर मिचेर परीक्षा तालिका सार्वजनिक गरेको विद्यार्थीहरुको आरोप छ । परीक्षा फारम भर्ने अन्तिम मितिको ३ दिनपछि परीक्षा हुने गरी तालिका तय भएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । यसअघि फारम भरेको ३५ दिनपछि परीक्षा हुने गर्दथ्यो ।
यही विरोधमा पनिका अघि धर्ना दिन गएका विद्यार्थीहरुको समूहले ठाकुरलाई कालोमोसो दलेका हुन् ।