Breaking news

#ट्याग:

ऋणको बोझ खप्न नसकेपछि पोखरामा सहकारी सञ्चालकले गरे आत्महत्या 

२०७९ माघ १६ सोमबार

काठमाडौं । आइतबार एकैदिन पोखरामा दुई जनाले आत्महत्या प्रयास गरेका छन् । जसमा एकको ज्यान गएको छ भने अर्का एकको अवस्था गम्भीर छ । पोखरा महानगरपालिका(१३ काहुँखोलामा बसोबास गर्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका हुन् । उनले किन आगो लगाएर आत्महत्याको प्रयास गरे रु भन्ने खुल्न सकेको छैन । 

 

उनले आत्मदाहको प्रयास गरेको देखेपछि आगो निभाउन पुगेकी घरबेटी संगीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । क्षेत्रीको अवस्था सुधारोन्मुख रहेपनि घरबेटीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । 

 

त्यस्तै, आइतबार नै कास्कीको पोखरा महानगरपालिका(९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । 

 

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।



लोकप्रिय समाचार