Breaking news

#ट्याग:

रविको विचलन सुरुवात, जसलाई पखा लगाउन भनेर भोट मागे उसैसँग मन्त्री पदका लागि राेइकराई

२०७९ पुष ११ सोमबार

काठमाडौं । परिवर्तनको ठूलो नारा ल्याएर ह्वीम मच्चाउँदै ६ महिनाको अन्तरालमा नै राष्ट्रिय पार्टी बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा चुनाव अघि र पछिको व्यवहारमा आकाश जमिनको परिवर्तन आएको छ । चुनाव अघि आफूले अरु केही गर्न नसके पनि पटकपटक प्रधानमन्त्री भइसकेका नेताहरुलाई पाखा लगाएरै छाड्ने भन्दै खरो अभिव्यक्ति दिएका लामिछानेले चुनाव लगत्तै जसको नेतृत्वमा भए पनि आफू सरकारमा जाने संकेत गरे । अहिले पटकपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल नेतृत्वमा निःशर्त सामेल भएर गएका छन् । यसले उनमा विचलन आएको बुझिएको छ । 

 

चुनावअघिको उनको एउटा भिडियो भाइरल भएको छ । भिडियोमा उनले कडा रुपमा प्रस्तुत हुँदै भनेका थिए 'म निकम्मा हुन सकुँला । मलाई कालोमोसो दल्दिनुस् । तर पटकपटक सरकार चलाइसकेका, पटकपटक प्रधानमन्त्री बन्नका लागि गठबन्धन गर्ने दलका नेतालाई भने यसपटक हटाएरै छाड्ने हो । अब यिनीहरुले नेतृत्व पाउँदा थप बिगार्छन् भन्नेमा कुनै प्रश्नै छैन । जसरी पनि रोक्ने हो यसपालि ।' उनले भनेका थिए । 

 

त्यसो त रविका पछिल्ला केही अभिव्यक्ति र गतिविधिलाई नियाल्ने हो भने उनी आफ्नो एजेण्डा सेट गर्नेतिर भन्दापनि सत्तामा पुग्नेतिर केन्द्रित थिए । उनले चुनावअघि नेताहरुलाई जेजे आरोप लगाएर गाली गर्थे अहिले सोही पथमा आफैं लागेका छन् । त्यसबाट पनि के पुष्टि हुन्छ भने रवि लामिछाने विचलनको बाटोमा गइसकेका छन् । प्रतिनिधिसभामा २० सदस्य रहेको रास्वपा यतिखेर देशको चौथो ठूलो शक्ति हो। मंसिर ४ को निर्वाचनमा केन्द्रित हुँदा उसले सरकार आफ्नो प्राथमिकतामा नरहेको बताएको थियो। तर, निर्वाचन परिणाम आएर नयाँ सरकार गठनको प्रयास शुरु हुँदै गर्दा ऊ त्यसबाट ‘यू–टर्न’ हुन थाल्यो । अहिले सरकार उसको मुख्य चासो बन्न पुगेको छ। त्यसमा पार्टी सभापति लामिछाने सबभन्दा मुखर देखिएका छन्।


यसको एउटा कारण त सरकारमा सहभागी हुन चाहने पङ्क्ति ठूलो भएकाले त्यसलाई बेवास्ता गर्न मिल्ने अवस्था नरहेको रास्वपा नेताहरू बताउँछन्। त्योभन्दा ठूलो कारण चाहिँ सभापति लामिछानेसँगै जोडिएको छ। मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट उम्मेदवारी दिएपछि लामिछाने नागरिकता र राहदानी दुरुपयोगको विषयमा विवादमा तानिएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेजीकै माग गरेर निर्वाचन आयोगमा उजुरी परेको थियो।
 
तर, निर्वाचन हुँदासम्म आयोगले यो विषयमा निर्णय सुनाएन। लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। त्यसपछि उनले आयोगबाट ‘क्लिनचिट’ पाए। तर, यो विषय त्यतिमै टुंगिएन। लामिछानेले नेपाली नागरिकता र राहदानी दुरुपयोग गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर भयो। रिटमा लामिछानेको शपथसमेत रोक्न अन्तरिम आदेश माग गरिएको थियो। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएन। त्यहीकारण उनले बिहीबार नै प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन्। तर, उनीविरुद्धको रिटको अन्तिम टुंगो लागिसकेको छैन।

 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार