Breaking news

#ट्याग:

अब कान्तिपुर हेर्न, पढ्न र सुन्न 'कान्तिपुरटीभी डटकम' खोले पुग्ने

२०७९ कार्तिक २८ सोमबार

काठमाडौं । कान्तिपुर टेलिभिजन नयाँ डिजिटल स्वरुपमा आएको छ । दुई दशकदेखि व्यावसायिक एवं विश्वसनीय समाचार पस्कँदै आएको कान्तिपुर टेलिभिजन अब दर्शकको बदलिँदो चाहनालाई मध्यजनर गर्दै सबैको पहुँच बढाउने लक्ष्यका साथ नयाँ डिजिटल प्लेटफर्ममा गएको हो ।

 

‘हामी नयाँ डिजिटल स्वरुपमा आएका छौं, अब टेलिभिजनका नियमित कार्यक्रमका साथै देश–विदेशका ताजा समाचार र विचारहरु एउटै प्लेटफर्ममा उपलब्ध हुनेछ,’ कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले भनेका छन्, ‘अब कान्तिपुर हेरे पुग्छ ।’ कान्तिपुर टेलिभिजनको नयाँ प्लेटफर्म ुकान्तिपुरटीभी डटकमुमा टेक्स्ट, अडियो–भिडिओलगायत मल्टिमिडियाका सबै सामग्री उपलब्ध हुने र समाजका सीमान्त एवं नयाँ पुस्ताका आवाजलाई प्राथमिकताका साथ समेटिने पाठकले बताए ।



लोकप्रिय समाचार