Breaking news

#ट्याग:

फेसबुक आर्थिक संकटमा, कर्मचारी कटौति गर्दै

२०७९ कार्तिक २३ बुधबार

एजेन्सी । फेसबुक सञ्चालक कम्पनी मेटाले ठूलो संख्यामा कर्मचारीको कटौती गर्ने भएको छ । कम्पनीको नाफा विगतदेखि नै घट्दै आएको छ । तेस्रो त्रैमासमा कम्पनीको आम्दानी ह्वात्तै घटेर आएको जनाइएको छ । बीबीसीका अनुसार मेटाले बुधवारदेखि नै कर्मचारी कटौतीको घोषणा गर्न सक्नेछ । तेस्रो त्रैमासिक रिपोर्ट निराशाजनक देखिएपछि सञ्चालक मार्क जुकरवर्ग कर्मचारी कटौतीको संकेत दिएका हुन् । 

 

यसअघि मेटाले जुन महिनामा ३० प्रतिशत इन्जिनियरहरू भर्ना गर्ने योजना स्थगित गरेको थियो । सोही समयमा जुकरबर्गले कर्मचारीहरूलाई आर्थिक मन्दीको सामना गर्न चेतावनी दिएका थिए। मेटासँग विश्वभर ८७ हजारभन्दा बढी कर्मचारी छन् । यो फेसबुक, इन्सटाग्राम र ह्वाट्सएपमा समेतको हो। जुकरबर्गले मेटाभर्सको लगानीले सकारात्मक नतिजा ल्याउन करिब एक दशक लाग्ने बताएका छन्। यसअघि ट्विटरका सीईओ एलन मस्कले पनि ठूलो मात्रामा कर्मचारीको कटौती गरेका थिए । 



लोकप्रिय समाचार