Breaking news

#ट्याग:

खेतीमा लागेको खर्चसमेत उठ्न छाडेपछि किसान जुटखेतीबाट पलायन हुँदै 

२०७९ असोज ११ मंगलबार

काठमाडौं । जुट खेतीमा लागेका किसानहरु लगानीसमेत उठाउनकेपछि कृषि पेशाबाटै पलायन हुन थालेका छन् । विराटनगरको देवानगन्जगाउँपालिका–२ का कृषकहरुले वर्षौंदेखि गर्दै आएको जुट खेती घटाउँदै गएका छन् । जुट खेतीबाट खर्च समेत उठ्न मुस्किल हुने कृषकहरुले बताएका छन् । उचित मूल्य नपाउँदा मेहनत मात्रै खेर जाने र जोत्न, मल, औषधी र जुट तयार पार्दासम्म ज्यालामा लगाएका मान्छेको खर्चसमेत उठ्न धौ–धौ परेको बताएका छन् ।  

 

समयमामलनपाउने, कामगर्ने मजदुरको अभावलगायतका समस्याका कारण पनि जुट खेतीमा समस्याहुँदै आएको कृषकको गुनासो छ । जुट खेती त काम नपाएर लगाएजस्तै भएको र धेरै समस्या हुँदा सस्तोमा बेच्नु परेको गुनासो छ । एक बिगाहामा ५० हजार खर्चहुँदा १० हजार मात्रै आम्दानी हुने गरेको कृषकको अनुभव छ । ५० रुपैँया किलोले जुट बेच्नु पर्ने र त्यसको डोरी किन्नुपर्दा किलोको २ सय रुपैँया पर्ने गरेको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार यस वर्ष मोरङमा पाँच हजार ७० र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर क्षेत्रफलमा जुट खेती लगाइएको छ। 



लोकप्रिय समाचार