जगत निराैलाले हाल बुढानिलकण्ठले चर्चिएकाे भूगाेलकाे सुगन्ध लिन थालेकाे दुइ दशक भयाे । आफ्नै आँखा अगाडि जिराेबाट हिराे भएका र हिराेबाट जिराे भएका पात्रहरूका बीच साक्षी किनारा भएर राजनीतिका बिबिध उतारचढाव भाेगेका निराैला हाल वुनापाकाे सबैभन्दा ठूलाे वडामा नेकपा एमालेकाे नेतृत्व् गरिरहेका छन् । सुरुदेखि नै विकासबारे केही भिन्न सोचाइ राख्नुपर्छ भन्ने निरौलालाई अहिले पनि लागिरहन्छ हरेक वर्ष बाटो भत्काउने अनि बनाउने उपक्रम विकास हुँदै होइन । चुनावी एजेण्डा बनाएर राजनीति गर्नु त झनै जनताप्रति धोका हो । चुनावी एजेण्डामा सिमित रहेकाे विकास कतिपय सस्ता नाराहरू र पार्टीले उठाएका आधिकारिक उम्मेदवारबीचकाे सानिध्यता बिरसिलाे भएर पनि माैन तमासा हेरिरहेका पात्र हुन उनी ।
हरेक चुनाव वा पार्टीका अधिवेशनजस्ता फाेरममा युवा र गर्ने सक्नेहरुलाइ केही न केही अवसर दिन आग्रह गरिरहेन व्यक्ति हुन निराैला । पार्टी नेतृत्वले चिल्ला कुरा गरेर उनीसँग आदर्शक कुराहरू एकैखाले पात्रलाइ सदैव साथ दिइरहेकाे टुलुटुलु हेरेर बस्नुबाहेक उनीसँग खासै विकल्प पनि थिएन । इमान्दारी नै सही राजनीतिज्ञको पहिचान हो भनेर उनले अर्काे चुनाव वा अधिवेशनको प्रतीक्षामा संगठन विस्तारमा लाग्थे । तर जति चुनाव आयो उनले यही बाटो र ढलको एजेण्डा बोक्ने बाहेक कोही भेटेनन् । उनलाई नयाँ उम्मेदवार, नयाँ साेच वा नयाँ एजेण्डाहरु चुनावमा आएको भए पनि चित्त बुझ्ने थियो । तर पुरानै नेता पुरानै एजेण्डामा पटकपटक दोहोरिन थालेपछि यसपालि भने निरौलालाई लागि यसपालि त केही गर्न पर्याे अब आवाज उठाउने बेला भयाे । यसपालि काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ख मा जसरी पनि आफूले टिकट पाउनु पर्ने मागसहित चुनावी प्रचारमा होमिएका छन् निरौला ।
राजनीतिज्ञमा विकासको एउटा हुटहुटी र चुनौती मोल्न सक्ने आँट चाहिन्छ । उनीमा आँट थियो, विकासको हुटहुटी पनि थियो । तर राजनीतिमा माथिबाट हात समातेर तान्ने एउटा आधार भने उनीसँगै थिएन । उनी भन्छन् 'हातै तानेर माथि लगिदिनेचाहिँ अहिले पनि काेही छैन मेरा, तर आफ्नै बुताले केही भने अवश्य गर्छु ।' पछिल्लो ३ दशक भयो यही मियोको अभावमा निरौलाको राजनीतिले अवसरकाे घाम देख्न पाएन । कहिलेकाँही आफ्नाे राजनीतिले यत्तिकै अवसान लिने हो कि भन्ने भय सिर्जना हुन थालेको थियाे । तथापि पार्टीभित्र बसेर संघर्ष गर्नु र फरक पात्र, साेच र शैलीकाे पक्षधरतामा काम गर्न पर्छ भन्ने उनकाे अन्तर्मनले भनिर्याे । अहिले पनि उनी एउटा नयाँ अवसरका साथ चुनौती लिएर चुनावी आकाँक्षाकाे दौडमा होमिएका छन् ।
निरौलालाई आफूले पाउने टिकटकोमात्र लोभ हैन उनी पात्र, प्रवृत्ति, साेच र शैलीका आधारमा आफूलाइ जाेसँग पनि समाहित गर्न सक्ने साेचाइ राख्छन् । तर उनलाई यो ३ दशकसम्म देखिएका पुरानै अनुहारले फेरि पनि लाभको लागि गरेको लोभ देख्दा विरक्त लाग्छ । त्यही विरक्तीभावले उनलाई भने यसपालि मौन बस्न दिएन । उनी यसपाला केही गरेर देखाउने मुडमा छन् तर पार्टीहित विपरीत भने हैन । पार्टीकाे वृहत्तर हित तथा दीर्घकालिन फाइदाका लागि जाेसँग जुध्न परे पनि उनी तयार भएकाे अनुभूति गरिरहेका छन् । निराैलामा आफूले यसपालि टिकट पक्कै पाउने र जितेर पनि देखाउनेमा उनको पूर्ण आत्मविश्वास पनि देखिन्छ । यो पनि एउटा चुनावको लागि अत्यावश्यक कुरा हो ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ (ख)का नेताहरुलाई हेर्ने हो भने निरौला आफ्नै पार्टीबाट पेलिएका नेता हुन् । उनको व्यक्तित्व र योगदान अनुसार पार्टीले मूल्यांकन नगर्दा उनको इमान्दार छवि नै अहिले आएर उनको कमजोरी सावित भएको छ । उनी कार्यकर्ता तहमा लोकप्रिय छन् । तर नेताको नजिक हुन नसक्दा आफू पार्टीभित्रै पनि सधैं पछि पर्नुपरेकोमा उनलाई दुःख लाग्छ ।
उनलाई पार्टीले अवसरबाट पछि पार्दै जानुकापछि अनेक कारणहरु हुनसक्छन् । त्यसमध्ये एउटा कारण हुनसक्छ काठमाडाैँ जन्म नभएकाे मान्छे । उनी खोटाङबाट काठमाडाैँ आएका हुन् । तर अझै पनि सार्वजनिक पदमा यहीँको रैथाने समूहलाई मात्रै उम्मेदवार बनाउनुपर्छ भन्ने संकीर्ण सोचाइको शिकार उनीमात्र हैन धेरै सम्भावनाकाे गणितमा अब्बल भएका पात्रहरू परिरहेकाे देखिन्छ । याे निकृष्ट क्षेत्रीयतावादा वा साम्प्रदायिक सोचको अन्त्य गर्न पनि यसपालि आफूले टिकट पाउनैपर्ने उनको जिकिर छ ।
‘हामी जहिले पनि पीडितका पीडितझैँ भयौं । यो हाम्रो मात्रै नभएर सबै पार्टीकोे साझा समस्या हो । २०४९ सालदेखि अहिलेसम्म घुम्दैफिर्दै त्यही मान्छेलाई मात्रै कति झेलिरहनु पर्ने हामीले ? अरुले कहिलै अवसर नपाउने ?’ उनी भन्छन् ‘हामीले धेरैलाई जिताइयो । तर, सधैं भारी मात्रै बोक्नु पर्ने भन्ने हुन्छ ? जसले माथि पूजा गर्छ उसैले पद पाइरहने भन्ने पनि हुन्छ ?’
अनौंठा र विकासवादी एजेण्डा
निरौला आफूलाई राजनीतिमा पछाडिबाट सहयोग गर्ने कुनै शक्ति नभएको भन्दै विकासवादी एजेण्डाको भरमा मात्रै आफूले सांसदमा दाबी गर्दै आएको बताउँछन् । बाटो पार्क त सबै समयसँगै कुनै भिजन नबोकी आएको नेताले पनि बनाउने भन्दै आफूसँग विशेष एजेण्डा रहेको उनी बताउँछन् । ‘एजेण्डा पनि चाहियो नि, बाटो त जसले पनि बनाउँछ । हामी फोहोरलाई आफ्नै नगरभित्र व्यवस्थापन गर्नेदेखि सस्तोमा बिजुलीसम्मको एजेण्डामा काम गर्छाैं । त्यो भिजन मसित छ ।’ उनी भन्छन् ।
केही वर्षअघि एक जना क्यानेडियन शोधार्थीलाई ल्याएर निरौला र उनको टिमले नागढुंगामा रहेको एउटामा मेसिन राखेर हावाबाट बिजुली निकाल्ने प्रविधिको सुरुवात गर्न लागेका थिए । क्यानडादेखि विज्ञ बोलाएर काम गर्दा पनि नेपाल सरकारले आवश्यक सहयोग नगर्ने बरु कमिसन माग्न थालेपछि त्यतिबेला उनीहरुको ३० लाख रुपैयाँ खर्च भयो तर काम भएन । यदि आफू अब सांसद हुन सके सरकारलाई दबाब दिएर पनि तारेभीरमा एउटा यस्तै मेसिन राख्न सके २० मेगावाटसम्म बिजुली निकाल्न सकिने उनको आकलन छ । ‘हामी अहिले पनि जमिनमुनिको पानी खाइरहेका छौं । यो सुक्यो भने के हुन्छ ? यसको लागि हामी लाग्नुपर्छ । यसमा भिड्नुपर्छ । सांसद जितेर जानेहरुले अहिलेसम्म के काम गरे यी क्षेत्रमा ? यसको हिसाबकिताब छ ?’ उनी प्रश्न गर्छन् ।
महँगी, भ्रष्टाचार, जस्ता विषयमा आफूले संसदमा बुलन्द आवाज उठाउने भन्दै यसपालि आफूले जसरी पनि टिकट पाउने र जसरी पनि चुनाव उठ्ने अठोट गरिसकेको निरौला बताउँछन् ।