Breaking news

#ट्याग:

उम्मेदवारको सूची निर्वाचन सफ्टवेयरमा राख्ने बुढानीलकण्ठ पहिलो भएको दाबी 

२०७९ वैशाख १५ बिहिबार

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि निर्वाचन आयोगको सफ्टवेयरमा राख्ने देशभरिमा पहिलो भएको दाबी गरेको छ ।

वैशाख १२ गते भएको उम्मेदवारहरूको सूची बुढानीलकण्ठ नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले सबैभन्दा पहिले आयोगको ‘सफ्टवेयरमा इन्ट्री’ गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । तर सबै स्थानीय तहले केन्द्रकै मातहतमा हुने प्रणालीमा तथ्या‌ंक अद्यावधिक गर्ने छ । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख ११ र १२ मा उम्मेदवार दर्तादेखि सबै काम सफ्टवेयरमा राख्ने पहिलो भएको कार्यालयले दाबी गरेको छ । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार