Breaking news

#ट्याग:

बागलुङका १० मध्ये ६ पालिका प्रमुख कांग्रेसको भागमा, उम्मेदवारको टुंगो लाग्यो (नामसहित)

२०७९ वैशाख १२ सोमबार

गण्डकी प्रदेश । बागलुङमा गठबन्धन दलले तालमेल गरेर स्थानीय चुनावमा भाग लिने भएका छ्न । यसै क्रममा नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख नेपाली कांग्रेसले पाएको छ ।

 

यसका लागि बागलुङ नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बसन्तकुमार श्रेष्ठ बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवारमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षका उम्मेदवार गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्षका उम्मेदवारमा जोकलाल बुढा र निसीखोला गाउँपालिका अध्यक्ष उम्मेदवारमा सूर्यबहादुर घर्तीलाई उम्मेदवार चयन गरिएको छ । 

 

त्यसैगरी कांग्रेसले जैमिनी नगरपालिकामा उपप्रमुखको उम्मेदवार हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलिप पुनलाई उम्मेदवार बनाएको हो । जिल्लाका सबै नगरपालिका, गाउँपालिकामा एकैसाथ आज मनोनयन दर्ता गर्ने तयारी रहेको नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले बताएका छन्् । 



लोकप्रिय समाचार