Breaking news

#ट्याग:

बुढानीलकण्ठमा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ 

२०७९ वैशाख १२ सोमबार

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । 

 

श्रीमतीलाई सुतिरहेको अवस्थामा आगो लगाई हत्या गर्न खोजेका थिए । पत्नीको शरीरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको भएको थियो । अस्मितालाई आगो लागेको घाइते अवस्थामा भेटी स्थानीयबासीले फेला पारी उपचार लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको  उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार