Breaking news

#ट्याग:

कांग्रेसका बागमती प्रदेशभित्रका नगरपालिका उम्मेदवार यी हुन् (नामावलीसहित)

२०७९ वैशाख १२ सोमबार

काठमाडौं । स्थानीय तहको उम्मेदवारी दर्ताको पहिलो दिनमा नेपाली कांग्रेस बागमती प्रदेशले उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आइतबार रातिसम्म बसेको बागमती प्रदेश संसदीय समितिको बैठकले प्रदेशभित्र रहेका नगरपालिकाहरुमा उम्मेदवारको नाम टुंगो लगाएको हो । सत्तारुढ ५ दलीय गठबन्धनको तालमेलमा पार्टीको भागमा परेका पदहरुमा उम्मेदवारीको नामावली टुंगो लगाएको मुख्य सचिव राजु नेपालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

 

स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा आइतबार समितिको बैठक बसेको थियो । 

यी हुन् कांग्रेसका बागमती प्रदेशभित्रका उम्मेदवारहरुः

 

सिन्धुली :

कमलामाई नगरपालिका प्रमुखः उपेन्द्रकुमार पोखरेल 

दुधौली नगरपालिका उपप्रमुख चन्द्रकिशोर दनुवार थारु 

 

चितवन  :

रत्ननगर नगरपालिका प्रमुखः प्रल्हाद सापकोटा 

खैरहनी नगरपालिका प्रमुखः आशि कुमार खनिया 

राप्ती नगरपालिका उपप्रमुख देवन्द्र लामा 

माडी नगरपालिका उपप्रमुख बमप्रसाद महतो 

कालिका नगरपालिका प्रमुखः शिबराम केसी

 

धादिङ : 

निलकण्ठ नगरपालिका प्रमुखः भीमप्रसाद हुशाना 

धुनिबेसी नगरपालिका उपप्रमुखः सुरज उप्रेती 

 

काभ्रेपलान्चोक :

बनेपा नगरपालिका प्रमुखः शान्ति रत्न शाक्य 

पनौती नगरपालिका प्रमुखः रामशरण भण्डारी 

पाँचखाल नगरपालिका प्रमुखः महेश खरेल 

नमोबुद्ध नगरपालिका प्रमुखः कुल्साङ लामा 

मण्डनदेउपुर नगरपालिका उपप्रमुखः विष्णुमणि नेपाल 

 

दोलखा :

जिरी नगरपालिका प्रमुखः  लाक्पा शेर्पा 

भिमेश्वर नगरपालिका प्रमुखः  इश्वरनारायण मानन्धर



सम्बन्धित समाचार

लोकप्रिय समाचार