Breaking news

#ट्याग:

काठमाडौं कांग्रेसले मेयर, उपमेयर उम्मेदवारको टुंगो लगाउन आज बैठक बस्दै

२०७९ वैशाख ८ बिहिबार

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार उठाउने सहमति गरेको छ ।मेयर र उपमेयरका लागि धेरैजना आकांक्षी भएकाले सिफारिस गरिएका नाममा सहमति जुट्न नसकेको बताइएको छ । कांग्रेस काठमाडौं महानगर समितिमा सहमति जुट्न नसक्दा मेयरमा आकांक्षीको नामसमेत सिफारिस हुन सकेको छैन । बुधबार बसेको नगर समितिको बैठकले नाममा सहमति जुटाउन नसकेपछि आज फेरि बैठक बसेर टुंगाउने बताइएको छ । 

 

काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट आकांक्षा देखाउने एक दर्जन बढी नेताहरुको नाम चर्चामा छ । सिर्जना सिंह, तीर्थराम डंगोल, निलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा रहेको छ । सिंह नेता प्रकाशमान सिंह पत्नि हुन् । डंगोल पुराना पुस्ताका काठमाडौं जिल्ला नेता हुन् । तीमध्ये कसलाई मेयरमा सिफारिस गर्ने भन्ने टुंगो लागेको छैन । कांग्रेस काठमाडौं नगर समितिले उपमेयरमा पनि कांग्रेसबाटै आकांक्षीको नाम सिफारिस गर्ने भएको छ । नगर समितिले तालमेलको विपक्षमा निर्णय गरेकाले उपमेयरको पनि नाम सिफारिस हुने बताइएको छ ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार