Breaking news

#ट्याग:

माथिबाटै भागवण्डा गरेपछि सत्ता गठबन्धनका स्थानीय कार्यकर्ताहरु असन्तुष्ट

२०७९ वैशाख ८ बिहिबार

बागमती प्रदेश । सत्ता गठबन्धन दलहरुले स्थानीय तहको चुनावमा माथिबाटै गठबन्धन गरेपछि स्थानीय तहमा भने कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् । यसैबीच नेपाली कांग्रेस हेटौंडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका क्रममा हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।

 

पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल नै नगरेको बताए । केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् । गठबन्धन दलहरुबीच भागबन्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता गर्दै सहमति भएको र त्यसप्रति असहमति रहेको बताएका छन् । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार