Breaking news

#ट्याग:

मेलम्चीको पानी आएपछि चक्रपथमा पाइप राखिँदै 

२०७९ वैशाख ८ बिहिबार

काठमाडौं । मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा १ हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौँको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न १ हजार १० किलोमिटर पाइपलाइन बिच्छयाइएको बताए । बिच्छ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ ।

 

सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सकिएका छन् । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार