Breaking news

#ट्याग:

"केन्जिन छ कति दुर ?" नेपाली संगीतमा विशिष्ट प्रयाेग

२०७८ पुष ९ शुक्रबार

'लाइहालें माया दूरदराजमा आँखाको त हो यो कसुर ! आमा नि मेरी, गल्छीको बाटो केन्जिङ छ कति दूर !' विशिष्ट स्रष्टा को उत्कृष्ट रचना हो 'केन्जीङ छ कती दुर'।  गीत संगितको बारेमा ज्ञान राख्ने व्यक्तिलाइ मात्र नभै  एक स्रोताका रुपमा पनि ठोकुवा गरेर भन्न सकिन्छ नेपाली लोकभाकाका पाराखीहरुलाई 'तेन्जिङ छ कति दुर ?' एक गतिलो खुराक बन्न सक्छ ।

 

गीतले अस्थायी प्रेम वियोगमा छटपटी रहेकी प्रेमिका को कथा बोल्छ । गीत की पात्रले केन्जिङको केटासँग प्रेम गर्छे, शायद काम विशेषले गाउँ गएको आफ्नो प्रेमी समयमा काठमाडौं फर्किदैन प्रेमिका सँग आफ्नो प्रेमीलाई संम्पर्क गर्ने भरपर्दो माध्यम हुँदैन ।

 

मोहन मैनालीका मन छुने शब्दमा पहाडे रागसहित लाबोती चक्रवर्ती प्रसाईको सुमधुर आवाजले यो सुनमा सुगन्ध थपेको भान हुन्छ । नेपाली सांगितिक क्षेत्रको वर्तमान अवस्थालाई हेर्ने भने हाम्रा लोकभाकाहरु फिल्मी भाकाको संसर्गमा आई विटुलिन पुगेका छन् तर यो गीतलाई स्वघोषित आधुनिकताले छोएको छैन । यसको भाका सुन्दा लाग्छ प्रभावशाली लोकलयलाई आधुनिक भाकाले बिगार्न सक्दैन। उल्टो, उसले आफैँ बदलिने प्रेरणा दिन्छ । याे गीत भारतकाे हिमान्चल क्षेत्र एक प्रशिद्ध लाेक गीतकाे रूपान्तरण हाे । 



लोकप्रिय समाचार