काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुरलाई हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो ।
त्यस्तै, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपीएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए ।